३. ट्रष्टको सम्पत्ति प्रयोगः
(१) समितिले ट्रष्टको सम्पत्ति ऐनको दफा ५ बमोजिम व्यापक र सर्वाेत्तम सार्वजनिक लाभ हुने गरी शैक्षिक, प्राज्ञिक, पर्यटकीय, व्यावसायिक तथा स्वास्थ्य सम्बन्धी राष्ट्रहितका कार्यमा प्रयोग गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम ट्रष्टको सम्पत्तिको प्रयोग गर्दा समितिले देहाय बमोजिमको शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न सक्नेछः –
(क) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय जस्ता शैक्षिक संस्था खडा गरी सञ्चालन गर्ने वा गराउने,
(ख) शैक्षिक वा प्राज्ञिक क्षेत्रसँग सम्बन्धित अल्पकालीन वा दीर्घकालीन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने वा गराउने,
(ग) कुनै सामुदायिक शिक्षण संस्था वा साहित्य, विज्ञान तथा प्रविधि सम्बन्धी सामुदायिक वा सार्वजनिक शैक्षिक वा प्राज्ञिक संस्थालाई पूर्ण
वा आंशिक अनुदान प्रदान गर्ने,
(घ) आर्थिकरुपले विपन्न र दुर्गम तथा पिछडिएको क्षेत्रका व्यक्तिहरुमध्येबाट उच्च अङ्क प्राप्त गरी प्रवेशिका परीक्षा वा सो सरह उत्तीर्ण भएका विद्यार्थीलाई प्राविधिक शिक्षा हासिल गर्नको लागि छात्रवृत्ति प्रदान गर्ने,
(ङ) दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यालयहरुमा समितिले तोकेको कुनै खास विषय अध्यापनको लागि योग्य शिक्षकको तलब भत्ताको निमित्त पूर्ण वा आंशिक अनुदान प्रदान गर्ने,
(च) दुर्गम तथा पिछडिएका क्षेत्रका सामुदायिक विद्यालयको भवन निर्माण तथा मर्मत सम्भारको लागि समितिले उचित ठहराएको रकम अनुदान प्रदान गर्ने,
(छ) सामुदायिक विद्यालयका शिक्षकको स्तरवृद्धिका लागि विषयगत शिक्षण विधि विषयमा तालिम सञ्चालन गर्न अनुदान प्रदान गर्ने,
(ज) दुर्गम क्षेत्रका विद्यालय, महाविद्यालय वा विश्व विद्यालय सञ्चालनको लागि अनुदान प्रदान गर्ने,
(झ) आर्थिक रूपले विपन्न विद्यालय, महाविद्यालय वा विश्वविद्यालयमा शैक्षिकस्तर बृद्धि गर्न कुशल व्यवस्थापन सेवाको लागि अनुदान प्रदान गर्ने,
(ञ) प्रवेशिका परीक्षा तथा उच्च माध्यमिक परीक्षामा उच्च अंक प्राप्त गर्ने दलित तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि एकमुष्ट छात्रवृत्ति रकम प्रदान गर्ने, र
(ट) शैक्षिक वा प्राज्ञिक वा अनुसन्धानात्मक कार्यक्रमको लागि समितिले उपयुक्त ठह¥याएको व्यक्ति वा संस्थालाई सहयोग उपलब्ध गराउने ।
(२क) उपनियम (१) बमोजिम ट्रृष्टको सम्पत्तिको प्रयोग गर्दा समितिले पर्यटकीय र व्यावसायिक क्षेत्रसँग सम्बन्धित देहाय बमोजिमका कार्यक्रम सञ्चालन गर्न, गराउन सक्नेछ :-
(क) पर्यटन प्रवर्धनसँग सम्बन्धित होटल, रिसोर्ट, होमस्टे, पार्क, फनपार्क, भ्यूटावर जस्ता पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने,
(ख) ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक, धार्मिक एवम् प्राकृतिक महत्त्वका सम्पत्तिको मौलिकतामा खलल नपुग्ने गरी पर्यटकीय गतिविधि _सञ्चालन गर्ने,
(ग) पर्यटनसँग सम्बन्धित बिभिन्न तालीम कार्यक्रम सञ्चालन/प्रवर्धन गर्ने,
(घ) मेला तथा प्रदर्शनी आयोजना गर्ने,
(ङ) पर्यटकलाई लक्षित गरी मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने ।
(३) ट्रष्टको सम्पत्तिको प्रयोग गर्दा समितिले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित देहायका कार्यक्रम सञ्चालन गर्ने सक्नेछ ः–
(क) सार्वजनिक प्रयोजनका अस्पताल वा स्वास्थ्य चौकी खडा गरी स्थानीय निकाय, सामुदायिक संस्था वा गैरसरकारी संस्था मार्पmत
सञ्चालन गराउने,
(ख) दुर्गम क्षेत्रमा अस्पताल वा स्वास्थ्य चौकी खडा गरी स्थानीयस्तरबाट सञ्चालन हुने व्यवस्था गर्ने,
(ग) सुगम क्षेत्रमा अस्पताल खडा गरी आय आर्जन गर्ने,
(घ) समितिले तोेकेका दुर्गम क्षेत्रका जिल्लाहरुमा औषधी बैंक खडा गरी सञ्चालन गर्ने वा गराउने,
(ङ) वृद्धाश्रम तथा घाटमा अन्तिम अवस्थाका विरामीहरुलाई आश्रय स्थलको व्यवस्था गरी सञ्चालन गर्ने तथा स्वास्थ्य उपचार सेवा
पु¥याउने, र
(च) खण्ड (क), (ख) र (ग) बमोजिम अस्पताल, स्वास्थ्य चौकी खडा गरेका ठाउँहरुमा औषधी बैंक खडा गरी सञ्चालन गर्ने ।
(४) ट्रष्टले यस नियम बमोजिमका कार्यक्रम सञ्चालन गर्दा ट्रष्टलाई प्राप्त भएको आयबाटमात्र सञ्चालन गर्नु पर्नेछ र ट्रष्टको अचल सम्पत्ति बिक्री गरी यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने छैन ।